कोटेश्वरमा मोटरसाइकल दुर्घटना, २२ वर्षीय सचिनको मृत्यु

काठमाडौंः गए राति कोटेश्वरको भाटभटेनी नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक उग्रतारा- ७ बस्ने २२ वर्षीय सचिन श्रेष्ठ रहेका छन्।
उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको हो। गए राति करिब १० बजे बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्रदेश-३-०२-००५प ५८७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको नालीमा खसेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ।
वैशाख १७, २०७९ शनिबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।