स्थानीय तह निर्वाचन: आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने

स्थानीय तह निर्वाचन: आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने

काठमाडौंः आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ। निर्वाचन आयोगले हिजो उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने भएको हो।

यस पटकको स्थानीय तह निर्वाचनका लागि कुल ७९ दलबाट उम्मेदवारहरू उठेका छन्। सबैभन्दा बढी एमालेबाट ३३ हजार ५०३ जनाले उम्मेदवारी दिएका छन्। 

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार सत्ता गठबन्धनका दलमध्ये कांग्रेसबाट ३१ हजार ४२५ उम्मेदवार तथा माओवादीबाट २२ हजार २७९ उम्मेदवार उठेका छन्। एकीकृत समाजवादीबाट ११ हजार ३३० उम्मेदवार उठ्दा ९ हजार ४८१ उम्मेदवार उठेका छन्। राष्ट्रिय जनमोर्चाबाट ८८३ जनाले उम्मेदवारी दिएका छन्।

यस्तै यस पटक स्वतन्त्रतर्फ १२ हजार २२० जनाले उम्मेदवारी दिएका छन्।

आज आयोगले दलका तर्फबाट उठेका उम्मेदवारहरूलाई दलकै चिह्न प्रदान गर्नेछ भने स्वतन्त्रतर्फ उठेका उम्मेदवारहरूलाई छुट्टै चुनाव चिह्न प्रदान गर्नेछ।

वैशाख १७, २०७९ शनिबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।