आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

काठमाडौंः आज मातातीर्थ औंसी रहेको छ। यस पर्वलाई नेपाली समाजमा आमाको मुख हेर्ने दिनको रूपमा समेत मनाइन्छ।

हरेक वर्ष वैशाख कृष्ण औंसीका दिन आमाको मुख हेर्ने दिन मनाइन्छ। यस दिन आफ्नो आमालाई मीठा खानेकुरा, राम्रा लुगा र विभिन्न उपहार प्रदान गर्ने गरिन्छ। जन्म दिने आमाप्रति कृतज्ञ भइन्छ।

यस्तै आज आमा नभएकाहरूले चन्द्रागिरि नगरपालिकामा अवस्थित मातातीर्थ कुण्डमा गई दिवङ्गत आमाको नाममा श्राद्ध गर्ने गर्दछन्।

वैशाख १७, २०७९ शनिबार ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।