भरतपुरको मेयरका बागी उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

भरतपुरको मेयरका बागी उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

काठमाडौँ : भरतपुर महानगरको मेयरमा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन्। निर्वाचन आयोगले शुक्रबार ५ बजेसम्म दिएको उम्मेदवारी फिर्ता लिने समय सकिदासम्म पौडेलले आफ्नो उम्मेदवार फिर्ता नलिएका हुन्। 

कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद पनि उनले उम्मेदवारी फिर्ता नलिएपछि अब भरतपुर महानगरको निर्वाचन थप रोचक हुने भएको छ।

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए।

पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन्। उनलाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दुत  बनेर गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन गएका थिए।  तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौ फर्किएका छन्।

वैशाख १६, २०७९ शुक्रबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।