युक्रेनी राष्ट्रपति र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

युक्रेनी राष्ट्रपति र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता
photo: Reuters

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार भेटवार्ता भएको बताइएको छ। यसक्रममा उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ। महासचिव गुटरेस हाल युक्रेनमा छन्।

यसक्रममा उनले युक्रेनी राष्ट्रपतिसँग बिहीबार भेटवार्ता गरेका थिए। उनीहरुबीच पछिल्लो समयमा युक्रेनी सहर मारिउपुलबाट यहाँका नागरिकको उद्धार गर्ने बारेमा कुराकानी भएको थियो । रुसले आक्रमण गरेका कारण युक्रेनको अवस्था अहिले कमजोर भएको बताइएको छ। हाल रुसले राजधानी किभमा आक्रमण रोके पनि मारिउपुल लगायतका कतिपय सहरमा भने आक्रमण जारी राखेको छ।

मारिउपुलका नागरिकको उद्धार गरी यहाँ मानवीय सहायता उपलब्ध गराउनुपर्ने अवस्था रहेको र यस कार्यमा संयुक्त राष्ट्रसंघीय महासचिवको संलग्नताले आफूहरुलाई निकै सजिलो बनाउने अनुभव युक्रेनी राष्ट्रपतिले सुनाएका थिए। 

वैशाख १६, २०७९ शुक्रबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।