चीनमा बढ्यो कोरोना संक्रमण, बिहीबार सांघाइमा मात्र पाँच हजार ४८७ संक्रमित फेला

चीनमा बढ्यो कोरोना संक्रमण, बिहीबार सांघाइमा मात्र पाँच हजार ४८७ संक्रमित फेला

एजेन्सीः चीनमा केही दिनयता कोरोना भाइरसको संक्रमितहरू बढिरहेका छन्। बिहीबार २४ घण्टाको तथ्याङ्कअनुसार मात्र चीनमा पाँच हजार ६४६ जना संक्रमित भेटिएका थिए।

चीनको सांघाइ शहरमा पछिल्लो समय अत्यधिक संक्रमित फेला परेका छन्। त्यहाँ मात्र २४ घण्टामा पाँच हजार ४८७ जना संक्रमित देखिएका थिए।

यस्तै अन्य शहर र राजधानी बेइजिङमा समेत संक्रमितहरू देखिने क्रम जारी नै रहेको बताइएको छ। चीन सरकारले पछिल्लो समय संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरू अपनाउने गरेको भए पनि संक्रमितहरू भने प्रत्येक दिन देखिएका छन्।

वैशाख १६, २०७९ शुक्रबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।