टेम्पो पल्टिँदा घाइते भएका चालकको मृत्यु

टेम्पो पल्टिँदा घाइते भएका चालकको मृत्यु

चितवनः खैरहनी नगरपालिका- ८ मगनीमा गए राति टेम्पो पल्टिँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ। वडा नम्बर ९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइको मृत्यु भएको हो।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राति ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ।

टुंगराबाट पर्सातर्फ आउँदै गरेको बागमती प्रदेश-०३–०१ह १६२१ नम्बरको टेम्पो गए राति १० बजे अनियन्त्रित भई पल्टीएको थियो।

वैशाख १६, २०७९ शुक्रबार ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।