चुनावी अनुगमन समितिको बैठक बस्दै , बागी फिर्ता नभए स्वतः कारबाही

चुनावी अनुगमन समितिको बैठक बस्दै , बागी फिर्ता नभए स्वतः कारबाही

काठमाडौं: सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने भएको छ। समिति सदस्य समेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार आजको बैठकमा देशभर गठबन्धनविपरीत उठेका बागी उम्मेदवारहरूलाई फिर्ता गराउने विषयमा छलफल हुनेछ।

बागी उम्मेदवारी फिर्ता नभए स्वतः कारबाही गरिने प्रस्ताव पनि अघि सारिने भएको छ।

यस्तै निर्वाचनका सम्बन्धमा तल्ला तहमा भइरहेको गतिविधिहरूको पनि छलफल हुनेछ। निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता गराउने समय तोकेको छ। भरतपुर लगायतका स्थानमा दलहरूबाट स्वतन्त्र भन्दै बागी उम्मेदवार उठेका छन्।

यसअघि, बिहीबार पनि समितिको बैठक बसेको थियो। बैठकमा बागी उम्मेदवारी फिर्ता गराउन अधिकतम प्रयास गरिने निर्णय भएको थियो।

यस्तै निर्वाचनमा गठबन्धनलाई जिताउनका लागि गतिविधिहरू तीव्र बनाउने पनि सहमति भएको थियो।

वैशाख १६, २०७९ शुक्रबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।