हुम्लामा म्यादी प्रहरीको मृत्यु, कारण खुल्न सकेन

हुम्लामा म्यादी प्रहरीको मृत्यु, कारण खुल्न सकेन

हुम्लाः जिल्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ। सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए। मृत्युको कारण खुल्न सकेको छैन। 

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

वैशाख १६, २०७९ शुक्रबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।