मौसम अपडेट: प्रदेश १, मधेश, बागमती र गण्डकीमा वर्षा

मौसम अपडेट: प्रदेश १, मधेश, बागमती र गण्डकीमा वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको कारण यी क्षेत्रमा वर्षाको सम्भावना रहेको हो।

यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख १६, २०७९ शुक्रबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।