यौन दुर्व्यवहारबारे प्रश्न आएपछि स्थापित' प्रमाण के छ' भन्दै मञ्चमै जंङगिए

काठमाडौँ : एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेका केशव स्थापित यौन दुर्व्यवहारबारे एक युवतीले प्रश्न गर्दा अभद्र व्यवहार गरेका छन्।
नेशनल कलेजमा आयोजित मेयरहरूसँगको अन्तर्संवाद कार्यक्रममा विद्यार्थीले स्थापित मेयरहुँदा उनले यौन दुर्व्यवहार गरेको भन्दै पूर्व कर्मचारी र एक पत्रकारले लगाएको आरोपबारे सहभागीले प्रश्न गरेका थिए।
उनले कसैले आरोप लगाउँदैमा हुन्छ भन्दै जवाफ दिएपछि सहभागी एक पुरुषले तपाईँ किन अदालत नगएको,किन प्रहरीकोमा नगएको भन्ने प्रश्न गरेपछि उनी रिसाउँदै भने' कुनै महिलाले तपाईँलाई श्रीमान् हो भनेर दाबी गर्यो भने तपाईँ अदालत जाने कि युवती।'
यतिमै विवाद सकिएन। उनी अझै रिसाए। उनी मञ्चबाट भनिरहेका थिए, 'के प्रमाण छ।'
उनी बसिरहेको स्थानबाट उठेर प्रश्न सोध्ने महिला विद्यार्थीसँग जङ्गिँदै भने' तपाइसँग के प्रुफ छ। ह्वाट इज द प्रुफ। म जत्तिको मान्छेलाई यस्तो एलिगेशन लगाउने।'
उनी यत्तिमै रोकिएनन्। उनले प्रश्नकर्ता विद्यार्थीलाई बडि सेमिङको भाषा प्रयोग गर्दै भने' यूआर नाइस लेडी तर थुतुनो ठिक भएन।'
उनको प्रतिक्रियापछि कार्यक्रममा सहभागी विध्यार्थीहरुले तपाइले के भन्न खोज्नु भएको, तपाइको बोली ठिक भएन भन्दै प्रतिवाद गरेका थिए। उता मञ्चमै रहेकी विवेकशील साझा पार्टीबाट मेयरको उम्मेदवार बनेकी समीक्षा बास्कोटाले बस्न आग्रह गरिन्। तर उनी जुरुक्क जुरुक्क भइरहेका थिए।
कसैले नरिसाउनु न भन्दा उनको जवाफ थियो' ‘केशव स्थापित रिसको भाडा हो। नरिसाउनु भन्न पाइन्छ।’
कार्यक्रम सञ्चालकले कार्यक्रम अगाडि बढाउने प्रयास गरे तर विवाद रोकिएन। उनी फेरि सन्किए। उनले भने' प्रमाणमा आधारित आरोप हो भने म सामना गर्न तयार छु। तर के प्रमाण छ।'
उनले यस्तो प्रश्न गर्नु संविधानले दिएको अधिकार विपरीत हो भन्दै महिला आयोग छैन भन्दै जंगिरहे। अर्का एक सहभागीले सोधे' तपाईँसँग प्रमाण छ भनेको हैन किन सार्वजनिक गर्नुहुन्न'भन्दै सन्किए।
कार्यक्रम सञ्चालकले मेयरका स्वतन्त्र उम्मेदवार सुशील थापालाई प्रश्न सोध्न चाहन्छु' त भने तर स्थापित रोकिएनन्। उनी यस्तो पनि छलफल हुन्छ, के प्रमाण छ भनेर सन्किएको सन्किएकै गरिरहे। उनलाई शान्त बनाउन समय लाग्यो।
म किन जाने ? म फोहोर छुन जान्छु भन्दै रिसाइरहे। अन्य मेयरका उम्मेदवारहरू ट्वा परेको पर्यै। उनी कराइरहे' मसँग यो प्रमाण छ भनेर छपाउने ?'
वैशाख १५, २०७९ बिहीबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।