'भिडहिन बसपार्क, ठेलमठेल नहुने बस, फुटपाथमा आनन्दले हिड्न सक्ने काठमाडौँ भए पुग्छ'
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेट्रो र मोनोरेल भन्दा तत्काल काठमाडौँमा भिड बसपार्कको भिडभाड हटाउने, बस भित्रको ठेलमठेल हटाउने र आनन्दले फुटपाथमा हिँडेर घर जान सक्ने काठमाडौँ चाहिएको बताएका छन्।
उनले काठमाडौँको मेयरले सामान्य रूपमा काठमाडौँवासीको साना समस्या सम्बोधन गरेर समाधान गर्न सके उपलब्धि हुने बताए। उपचार गर्न नसक्नेलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराउन सक्ने, काठमाडौँको फोहोर मैला यहीको परम्परागत प्रविधि प्रयोग गरेर समाधान गर्न सकिने योजना चाहिएको र यो योजना महानगरका मेयर सिर्जना सिंहसँग रहेको उनले दाबी गरे।
गठबन्धनका उम्मेदवारको पक्षमा आयोजित कार्यक्रममा उनले मेयरलाई मेयरसाप नबनाऊँ भन्दै भने' मेयरसापले सिंगापुर देख्यो, टोकियो देख्यो। हामीलाई त्यस्तो मेयरसाप हैन हामीसँगै चटकीमा सँगै बस्ने मेयर चाहिएको हो।'
वैशाख १५, २०७९ बिहीबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।