पलविरुद्ध बलात्कार आरोप लगाउने नाबालिकाले लेखिन्' तिम्रो लागि सधैँ म हार्न सक्छु'

पलविरुद्ध बलात्कार आरोप लगाउने नाबालिकाले लेखिन्' तिम्रो लागि सधैँ म हार्न सक्छु'

काठमाडौँ : अभिनेता पल शाहले बलात्कार गरेको दाबी गरेकी नाबालिका दुई महिनासम्म सामाजिक सञ्जालमा चुपचाप रहेँ। उनले फेब्रुअरी १७ को ढाका टोपी शिरैमा बोलको गीतको म्युजिक भिडियो फेसबुकमा सेयर गरेपछि कुनै गतिविधि देखिएन।

जाहेरी दर्ता, बयानमै व्यस्त नाबालिकाले २८ अप्रिल बिहीबार एकाएक फेसबुकमा स्याड मुडको तस्बिरसहित अर्थपूर्ण सन्देश राखिन्' तिम्रा लागी सधैँ हार्न सक्छु' भन्दै।

पल शाहले प्रेम र विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको अभियोगको आधारमा उनी अहिले पुर्पक्षका लागि थुनामा छन्। यो प्रकरण प्रहरीसम्म पुग्नुको कारण पलले प्रारम्भमा नाबालिकालाई विवाहको आश्वासन दिनु तर पछि विवाह गर्न अस्वीकार गर्नै देखिन्छ।

पलले सार्वजनिक गरेको अडियो होस् या नाबालिकाको ती सबैको निष्कर्ष पलले विवाहको प्रलोभनमा पारे तर पछि अस्वीकार गरे। एक अडियोमा पलले मेरो अर्कै प्रेमिका छ भनेको प्रस्टै सुनिन्छ। प्रहरी बयानमा पलले बलात्कार गरेको बयान दिएकी नाबालिकाले पछि बयान बदलिन् कोर्टमा।

पल पुर्पक्षका लागि कारागार पुगेपछि नाबालिकासँगै उनको परिवारका सदस्यहुँदै दुर्गेश थापाले समेत थाहा छैन भन्ने बकपत्र गरे। नाबालिका र उनको बुबाले त अर्काले उक्साएकाले जाहेरी दिएकोसम्म दाबी गरे।

यी सबै दृश्यले नाबालिका र उनको परिवार होस्टायल भएको सङ्केत गरेको थियो। उनीहरूले बयान बदले पनि अनुसन्धानकोक्रममा प्राप्त प्रमाण र त्यसको स्वतन्त्र पुस्ट्याइँको आधारमा कोर्टबाट फैसला आउने हो। फैसला आउँदा प्रारम्भमा हो भनेर दिएको बयान पुष्टि हुने प्रमाण छन् या हैनन् भन्ने पछिल्लो बकपत्र पुष्टि गर्ने प्रमाण छ भन्ने कोर्टले हेर्छ नै।

यता जिल्ला अदालत तनहुँ अनि जिल्ला अदालत नवलपुर दुबैतिर बकपत्रको काम सकिएको छ। यता उच्च अदालत कास्कीमा पल पक्षले पुर्पक्षका लागि कारागारमा राख्ने अदालतको आदेशविरुद्ध हालेको पुनरावलोकनको माग प्रक्रियामै रहेको बेलामा नाबालिकाले अर्थपूर्ण सन्देश राखिन् फेसबुकमा।

नाबालिका पलसँग विवाहका लागि कतिसम्म क्रेजी थिइन् भन्ने पहिलाकै प्रमाणहरूबाट देखिइएको नै थियो। बकपत्र बदलिनुमा पलकी बहिनी लगायतका परिवारका सदस्यको नाबालिकाको परिवारका सदस्यसँग भेट र विवाहको वाचाले भूमिका खेलेको दाबीहरू समेत आइरहेको बेला नाबालिकाले सार्वजनिक गरेको भावनाले समेत होस्टायलको कारण देखाउँदैन र?

मन हो बहकिन्छ। त्यसमा पनि किशोरकालिन मन। त्यसैले त कानुनले पनि नाबालिग उमेरलाई सुविधा र सजाय दुबैमा  प्राथमिकता दिएको। तर मन जति बहकिए पनि अदालतबाट आउने फैसला मन हेरेर हैन, अब प्रमाण हेरेरै आउने त हो।

नाबालिकाको फेसबुक स्टेटस

तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु

तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म

त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।

वैशाख १५, २०७९ बिहीबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।