आज सुन तोलामा एक हजारले घट्यो, चाँदी २० रुपैयाँले

आज सुन तोलामा एक हजारले घट्यो, चाँदी २० रुपैयाँले

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ।

अत्यधिक मूल्यवृद्धि भएको सुन यो सातादेखि ओरालो लाग्नेक्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० कायम छ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ। आज चाँदी एक हजार ३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

वैशाख १५, २०७९ बिहीबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।