ट्वीटरका साहु भएपछि एलन मस्क भन्छन्- 'कोकिन मिसाउन कोका-कोला किन्दैछु'

ट्वीटरका साहु भएपछि एलन मस्क भन्छन्- 'कोकिन मिसाउन कोका-कोला किन्दैछु'

एजेन्सीः विश्वकै धनी हुन्- एलन मस्क। विद्युतीय गाडी टेस्ला र अन्तरीक्षसम्बन्धी काम गर्ने स्पेसएक्स कम्पनीका मालिक मस्क अब ट्वीटरका समेत साहु भएका छन्।

ट्वीटरको साहु भएयता मस्क खुबै ट्वीट गरिरहेका छन्। हालसालै पनि कोका-कोलालाई लिएर एउटा ट्वीट गरे। यतिबेला यो ट्वीटले हङ्गामा मच्चाइरहेको छ।

उनले लेखेका छन्- 'यसपछि (ट्वीटर) म कोकिन मिसाउन अब कोका-कोला किन्दैछु।'

उनको यो ट्वीट १६ लाखभन्दा बढीले लाइक गरेका छन्। तीन घण्टाअघि पोस्ट गरिएको ट्वीटमा ८५ हजार करिब कमेन्ट आएका छन्। तीन लाख ६२ हजारभन्दा बढी रिट्वीट छ। यो सङ्ख्या छिनभरमै बढेको बढेकै छ।

उनले ट्वीटरलाई 'म्याक्सिमम् फन' बनाऔं भनेर पनि लेखेका छन्। लगत्तै अर्को ट्वीटमा म्याकडोनल्डस् किनेर त्यसका आइसक्रिम मेशिन मर्मत गर्ने आफ्नै पुरानो लेखलाई रिट्वीट गर्दै लेखेका छन्- 'सुन, म जादू गर्न सक्दिनँ।'

ट्वीटरलाई अत्यधिक रमाइलो बनाउने योजनाअनुरूप अघि बढे पनि मस्कको ट्वीट उच्छृङ्खल हुँदै गएको छ।

वैशाख १५, २०७९ बिहीबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।