युक्रेनविरुद्धको युद्धमा हस्तक्षेप गर्ने जुनसुकै देशले तुरुन्तै प्रतिक्रिया भोग्नेछ: पुटिन

एजेन्सीः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धमा हस्तक्षेप गर्न आउने मुलुकले तुरुन्तै प्रतिक्रिया भोग्ने चेतावनी दिएका छन्। उनले हस्तक्षेप गर्न आउनेविरुद्ध प्रयोग गर्ने सबै उपकरण रुससँग भएको पनि दावी गरेका छन्।
"हामीसँग सबै उपकरण छन्। कसैले पनि घमण्ड गर्न सक्दैन। आवश्यक परेको खण्डमा हामी तिनको प्रयोग गर्नेछौँ", उनले भने। बीबीसीका अनुसार पुटिनले उल्लेख गरेको उपकरणहरूमा ब्यालिस्टिक मिसाइल र आणविक हतियार हुनसक्छ।
यता युक्रेनलाई सहयोग गर्दै आएका राष्ट्रहरूले हतियारको सप्लाई बढाएका छन्। अमेरिकाले युक्रेनले रुसलाई हराउने बाचा गरेको छ।
वैशाख १५, २०७९ बिहीबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।