उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्दै निर्वाचन आयोग

उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्दै निर्वाचन आयोग

काठमाडौंः निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्ने भएको छ। आज साँझ ६ बजे आयोगले ११ र १२ गते दर्ता भएका मनोनयनको आधारमा उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको हो।

हाल आयोगले उम्मेदवारहरूउपर परेको उजुरीको जाँच गरिरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूले भोलिसम्ममा आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन्। आयोगले भोलि नै अन्तिम नामावली पनि सार्वजनिक गर्नेछ।

नामावली प्रकाशन भइसकेपछि १७ गते मात्र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

देशभरको ७५३ स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। तिनमा ३५ हजार २२१ पदका लागि एक लाख ५२ हजार ४६५ जनाले मनोनयन दर्ता गराएका छन्।

वैशाख १५, २०७९ बिहीबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।