स्तरोन्नति भइरहेको सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

स्तरोन्नति भइरहेको सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

म्याग्दीः मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भवीन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। किसानको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ।

बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो। उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ। 

वैशाख १५, २०७९ बिहीबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।