बिहीबारको मौसम: प्रदेश १, गण्डकी प्रदेशको विभिन्न स्थानमा वर्षाको सम्भावना

बिहीबारको मौसम: प्रदेश १, गण्डकी प्रदेशको विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। 

यतिबेला देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख १५, २०७९ बिहीबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।