ओलीलाई गगनको जवाफ : लजिकको साटो म्याजिक मन पराउनेले अरूलाई पागलै देख्छन्

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले नेता केपी शर्मा ओलीले कांग्रेसको घोषणा पत्रबारे पागल भन्दै गरेको टिप्पणीको प्रतिउत्तरदिँदै कांग्रेसको घोषणा पत्रमा लजिक भएकाले उनलाई मन नपरेको दाबी गरेका छन्।
अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा बोल्दै उनले भने' ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ। कांग्रेसको घोषणापत्रमा लजिक छ। त्यसैले म्याजिक मन पराउनेले पागल देखे।'
उनले ओलीले तर्क गर्न नसकेपछि अरूलाई पागल देख्ने गरेको भन्दै यस अगाडि डा गोविन्द केसीलाई भने पागल भनेको विगत खोतले। कांग्रेसले घोषणा पत्र मार्फत ओलीका झुटलाई सार्वजनिक गरेकाले उनी रिसाएको भन्दै थापाले भने ‘उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी भएको छ। एक पछि अर्को झुटको पर्दाफास भएपछि सहन सक्नुभएन।’
उनले एमाले अध्यक्ष ओलीको निवास बालकोट गएर उनलाई कांग्रेसको घोषणा पत्रमा रहेको सम्मुनती र उनले भन्ने गरेको समृद्ध नेपाल र सुखी नेपालीबिचको भिन्नताबारे ट्युसन पढाउने समेत बताए।
उनले ओलीको समृद्धिमा भ्यूटावरको योजना रहेको तर कांग्रेसको समुन्नतिमा भ्यूटावरबाट देखिने मान्छेका दुख हल गर्ने उपाय रहेको दाबी गरेका थिए। उनले मुखमा अङ्गार हुनेले कालै ओकल्ने भन्दै ओलीको मुखमा समेत अङ्गार रहेको दाबी गरेका थिए।
वैशाख १४, २०७९ बुधबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।