आइजिपी नियुक्त हुने पाँच दिन अगाडि राजु अर्याल भए एआइजी

आइजिपी नियुक्त हुने पाँच दिन अगाडि राजु अर्याल भए एआइजी

काठमाडौँ : सशस्त्र प्रहरीको भावी आइजिपीका रूपमा राजु अर्याल एआइजीमा नियुक्त भएका छन्। बढुवा सिफारिस समितिको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षीय सेवा अवधिमा फेरबदल नभए अर्याल वैशाख १९ गते सशस्त्रको आइजिपीमा नियुक्त हुनेछन्। तर उनलाई आइजिपी हुनबाट रोक्न २१ दिनका लागि आइजिपीमा नियुक्त पुष्पराज केसी चलखेलमा सक्रिय देखिएका छन्।

उनको लबिङलाई साथ दिँदै गृह मन्त्रालयले ३० वर्षीय सेवा अवधिको प्रस्ताव बनाएर सहमतिमा लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ। तर अर्थले सैद्धान्तिक सहमति दिएको छैन। निर्वाचन आयोगसँग पनि सरकारले अनुमति लिइसकेको छैन। यसले केसीको चलखेल कमजोर बनेको छ।

मङ्गलवारको मन्त्रीपरिषद्बाट अर्यालको बढुवाको निर्णय भएको हो। चैत ३० गते आइजिपीमा नियुक्त केसी तीस वर्षे अवधिका कारण वैशाख १९ मा अनिवार्य अवकाशमा जानेछन्। उनीसँगै अन्य एआइजी समेत अवकाशमा जाँदा अर्याल एक्ला एआइजीका रूपमा आइजिपी नियुक्त हुनेछन्।

वैशाख १४, २०७९ बुधबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।