सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

काठमाडौं :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेर ९९ हजार रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय छ। यसको  मूल्य अघिल्लो दिन प्रतितोला९८ हजार ८ रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३ सय ४० मा आएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ।

वैशाख १४, २०७९ बुधबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।