ओलीको टिप्पणीप्रति कांग्रेस महामन्त्री गगन थापाले जवाफ दिने

ओलीको टिप्पणीप्रति कांग्रेस महामन्त्री गगन थापाले जवाफ दिने

काठमाडौं : नेपाली कांग्रेसको चुनावी घोषणापत्रका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीमाथि कांग्रेस महामन्त्री गगन थापाले जवाफ दिने भएका छन्।

कांग्रेसले आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरेको 'स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका' विषयक कार्यक्रममा थापाले ओलीलाई जवाफ दिने भएका हुन्।

कांग्रेसका महामन्त्री थापा निर्वाचन घोषणापत्रका संयोजक हुन्। 

एमाले अध्यक्ष ओलीले मंगलबार कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भन्दै कटु आलोचना गरेका थिए।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको घोषणापत्रमाथि एमाले अध्यक्ष ओलीले गरेको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराइसकेका छन्।

वैशाख १४, २०७९ बुधबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।