नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको भिडन्त

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा दाजु-भाइबीच भिडन्त हुने भएको छ। नेपालगञ्ज-१ र कोहलपुर-३ बाट सहोदर दाजुभाइले फरक-फरक पार्टीबाट मनोनयन दर्ता गराएका छन्।
नेपालगञ्ज उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा एमालेको तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका हुन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। हाल उनी तरुण दल बाँकेको सचिव छन्।
विनोदका प्रतिस्पर्धी भाइ प्रमोद भने अघिल्लो कार्यकालमा एमालेबाट विजयी वडाध्यक्ष हुन्। उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ। माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनीसँगै ६५ मतले पराजित भएका थिए।
माधव एमालेबाट तथा तारकेश्वर माओवादी केन्द्रबाट वडाध्यक्षका लागि भिड्दै छन्।
वैशाख १४, २०७९ बुधबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।