१० प्रकारका सामग्री नेपाल आयातमा रोक

१० प्रकारका सामग्री नेपाल आयातमा रोक

काठमाडौं : सरकारले १० प्रकारका सामग्री आयातमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने निर्णय गरेको हो।

सरकारले कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक) आयातमा रोक लगाएको हो।

यस्तै हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक) आयातमा पनि पूर्णत: रोक लगाइएको छ।

यसैगरी सरकारले २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना तथा तास आयातमा रोक लगाएको हो।

मन्त्रालयले कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैं पैठारी गर्न पाउने बताएको छ। 

यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा यो नियम लागू हुनेछैन।

वैशाख १४, २०७९ बुधबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।