मतपत्र धमाधम जिल्ला पठाउँदै आयोग

मतपत्र धमाधम जिल्ला पठाउँदै आयोग

काठमाडौं : आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र जिल्ला पठाउन थालेको छ।

स्थानीय चुनावका लागि आवश्यक मतपत्रको ढुवानी मंगलबारदेखि नै सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।

कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइसकिएको आयोगले जनाएको छ। आज बुधबार पूर्व र पश्चिमका गरी ९ जिल्लामा मतपत्र पठाइने बताइएको छ।

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइको काम गरिरहेको छ।

अहिलेसम्म एक करोड ५४ लाख ८३ हजार मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ।

वैशाख १४, २०७९ बुधबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।