म्याग्दीमा ७ सय ५९ जनाको उम्मेदवारी

म्याग्दीमा ७ सय ५९ जनाको उम्मेदवारी

म्याग्दी : यही वैशाख ३० गते हुने लागेको स्थानीय निर्वाचनमा म्याग्दीमा २ सय ३७ पदका लागि ७ सय ५९ जनाले मनोनयन दर्ता गराएका छन्। 

म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

म्याग्दीमा प्रमुख/अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडाध्यक्षमा १६०, खुला सदस्यमा २८०, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १३० जनाको उम्मेदवारी परेको छ।

बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मङ्गलाको २७ पदमा १०५, रघुगङ्गाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ।

वैशाख १४, २०७९ बुधबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।