युरोपियन च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई हरायो

युरोपियन च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई हरायो

काठमाडौं : इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ।

सिटीले घरेलु मैदानमा मंगलबार राति रियललाई ४-३ गोलले पराजित गरेको हो। 

निकै प्रतिस्पर्धात्मक खेलमा मैदान छिरेको दोस्रो मिनेटमै केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। ११औं मिनेटमा गाब्रियल जेससले अर्को गोल थप्दै सिटीको अग्रता दोब्बर पारेका थिए।

रियलका लागि करिम बेन्जिमाले ३३ मिनेटमा  गोल फर्काए। पहिलो हाफमा २-१  गोलले अघि रहेको सिटीका लागि फोडेनले ५३ मिनेटमा तेस्रो गोल गरे।

त्यसको लगत्तै रियलका भिनिसियस जुनियरले गोल गरेपछि रियलले खेललाई ३-२ को अवस्थामा ल्याएको थियो।

४ मिनेटमा सिटीका लागि बेर्नान्डो सिल्भाले चौथो गोल गर्न सफल भए। ८२ मिनेटमा रियलका बेन्जिमाले अर्को गोल गरेपछि खेल ४-३ गोलको अवस्थामा खेल सकिएको थियो।

वैशाख १४, २०७९ बुधबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।