बैंग्लोरलाई हराउँदै राजस्थान आइपिएलको शीर्ष स्थानमा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २९ रनले हराएको छ। यो जितसँगै राजस्थान अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
मंगलबार राति भएको खेलमा बैंग्लोरलाई हराउँदै राजस्थान ८ खेलबाट १२ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिन सफल भएको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले सर्वाधिक ५६ रन बनाए। तर अरु ब्याट्सम्यान सस्तैमा आउट भए।
१४६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बैंग्लोर ११५ रनमै अलआउट भयो। बैंग्लोरका लागि डु प्लेसिसले सर्वाधिक २३ रन जोडे भने अरु ब्याट्सम्यान सस्तैमा आउट भएका थिए।
कुलदीप सेनले चार विकेट लिँदै राजस्थानको ब्याटिङ लाइन ध्वस्त बनाएका थिए। उनले ३.३ ओभर बलिङ गर्दै केवल २० रनमा खर्चिएका थिए।
वैशाख १४, २०७९ बुधबार ०७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।