क्लिनिक खोलेर बसेका २ भारतीय नक्कली डाक्टर पक्राउ

क्लिनिक खोलेर बसेका २ भारतीय नक्कली डाक्टर पक्राउ

मोरगं : क्लिनकै खोलेर बिरामीको उपचारमा संलग्न २ जना नक्कली चिकित्सकको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरगंले २ भारतीय नागरिकलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार भारत पश्चिम बङ्गाल दार्जिलिङका पर्सनजित बर्मनले  मोरङको शनिश्चरे नगरपालिका वडा नम्बर १ फिलिम हल लाइनमा श्री राम पायल्स क्लिनिक चलाएर बसेका थिए।

दार्जिलिङकै सनोड मण्डलले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक चलाएर बसेका थिए।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानुन बमोजिम उपचारको अनुमति नपाएको व्यक्तिले क्लिनिक खोलेर बसेको सूचनाको आधारमा दुबै जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले डाक्टर हुँ भन्दै औषधी उपचार गर्ने गरेको र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

वैशाख १३, २०७९ मंगलबार २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।