दुई अर्ब बेरुजु रहेको दाबी गर्दै चिरिबाबु विरुद्ध पर्‍यो उजुरी

दुई अर्ब बेरुजु रहेको दाबी गर्दै चिरिबाबु विरुद्ध पर्‍यो उजुरी

ललितपुर : नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका  चिरिबाबु महर्जनले बेरुजू फर्स्यौट नगरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ। पाँच दलिय गठबन्धनको समर्थन रहेका महर्जनले २ अर्ब १५ करोड बेरुजु फर्स्यौट नगरेको भन्दै उनी विरुद्ध उजुरी परेको हो।

निर्वाचन आयोगको संहिता अनुसार सरकारी बेरुजु बाँकी रहेकाले स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्। सोही अनुसार महर्जनको उम्मेदवारी खारेजीको माग गर्दै ललितपुर वडा नम्बर १८ का गोपाल डङ्गोलले महर्जनविरुद्ध उजुरी हालेका हुन्।

उनले उजुरीमा उनको कार्यकालमा २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट हुन बाँकी रहेको दाबी गरेका छन्। उजुरीमा उनले संस्थागत र व्यक्तिगत बेरुजुको प्रमाण पेस गरेको उल्लेख गरेका छन्।

वैशाख १३, २०७९ मंगलबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।