एमाले अब पार्टीमात्र रहेन राष्ट्रिय शक्ति बन्योः  महासचिव पोखरेल

एमाले अब पार्टीमात्र रहेन राष्ट्रिय शक्ति बन्योः  महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी नभएर राष्ट्रिय शक्ति बनेको टिप्पणी गरेका छन्। काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २ वटा पार्टीले एमालेको चिन्हलाई आफ्नै चिन्ह मानेर चुनावमा जाने सहमत भएपछि एमाले राष्ट्रिय शक्ति बनेको बताए। 

उनले पाँच दलीय गठबन्धनभित्र माधव नेपाललाई सहयोग भएको बताएका छन्। उनले एमाले फुटाउने स्वार्थ पूरा भएपछि गठबन्धनभित्र बाटै माधव नेपालको समूह बहिष्कारमा पर्ने बताए।

उनले कांग्रेस एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले अन्य पार्टीको सहयोग सहारा लिएको बताए। माओवादीले आफ्नो राष्ट्रिय चुनावी घोषणापत्र सार्वजनिक गर्ने हैसियत पनि गुमाएको उनले बताए। 

वैशाख १३, २०७९ मंगलबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।