शंकर पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा निर्वाचन आचारसंहिताको उलंघन 

शंकर पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा निर्वाचन आचारसंहिताको उलंघन 

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी तयार पारिएको आचारसंहितामा स्थानीय तहको निर्वाचनको आमसभामा भाग लिने तथा प्रचारप्रसार गर्नेले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा टोपी, टिसर्टलगायत प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। 

आचारसंहितामामा भनिएको छ,'जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न हुँदैन।'

तर सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको एमाले महासचिव शंकर पोखरेल सहभागी एमाले सम्पर्क समन्वय कमिटीद्वारा आयोजित स्थानीय तहको निर्वाचनमा सम्पर्क मंचहरुको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा भने आचारसंहिताको उलंघन भएको छ। 

कार्यक्रमका प्रमुख अतिथि रहेका महासचिव पोखरेल आसिन रहेको मंचको दायाँबायाँ एमालेका कार्यकर्ता एमालेको लोगो अंकित क्याप लगाएर बसेका छन्।
 

वैशाख १३, २०७९ मंगलबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।