अमेरिकी कलेजमा पोर्नग्राफी कक्षा सञ्चालन, शिक्षक र विद्यार्थीले सँगै पोर्न हेर्न पाउने
युटाह : अमेरिकी राज्य युटाहको एक कलेजले हार्डकोर पोर्नोग्राफी कक्षा सञ्चालन गरेको छ। युएसए टुडेकाअनुसार राज्यको वेस्टमिन्स्टर कलेजले पोर्नोग्राफी विषयमा पठन–पाठन सञ्चालन गरेको हो।
रिपोर्टका अनुसार साल्ट लेक सिटीमा सञ्चालित वेस्टमिन्स्टर कलेजले पोर्नोग्राफी विषयको पाठ्यक्रमलाई ‘फिल्म ३०००’ नाम दिएको छ। कलेजमा पोर्नोग्राफी विषय पठन–पाठनको क्रममा विद्यार्थी र शिक्षकले एकसाथ पोर्न फिल्म हेर्न पाउनेछन्। शैक्षिक सत्र २०२२–२०२३ को लागि पोर्नोग्राफी विषय पठन–पाठन गर्न लागिएको बताइएको छ।
अन्य स्थानिय मिडियाकाअनुसार वेस्टमिन्स्टर एक निजी कलेज हो। जसले पहिलो पटक पोर्नोग्राफी कार्यक्रम सञ्चालनमा ल्याएको छ। जात, वर्ग, लिंग र यौनको आधारमा वर्गीकरण गरिएको र सोहीअनुसार समाजले गलत धारणा बनाउने गरिन्छ। सोही कारण मुद्दामा विद्यार्थी र शिक्षकलाई एकसाथ चर्चा गर्न सक्षम बनाउनु पोर्नोग्राफीको मुख्य उद्देश्य रहेको बताइएको छ।
समाजमा हुने विवादास्पद विषयसँगै सामाजिक मुद्दामा विश्लेषणको लागि सो पाठ्यक्रम राम्रो अवसर भएको कलेज प्राशनले जनाएको छ।
वैशाख १३, २०७९ मंगलबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।