सुनको मूल्य ९०० ले घट्यो, भाउ एक लाखमुनि

सुनको मूल्य ९०० ले घट्यो, भाउ एक लाखमुनि

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ। निरन्तर एक लाखमाथि रहेको सुनको मूल्य आज घटेर लाखभन्दामुनि आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार आठ सय कायम भएको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर छ। चाँदी आज प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ।

वैशाख १३, २०७९ मंगलबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।