रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, तीन जना सवार थिए, तीनैको ज्यान गयो

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, तीन जना सवार थिए, तीनैको ज्यान गयो

धनुषाः क्षिरेश्वरनाथ नगरपालिका- ५ सिन्धुलीटोलमा गए राति तीन जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा तीन जनाकै मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मृतक तीन जनाकै सनाखत हुन बाँकी छ। सडक छेउमा रोकिराखेको ना२ख ८६२४ नम्बरको ट्रकमा गए राति साढे २ बजे लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो।

ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

वैशाख १३, २०७९ मंगलबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।