अर्जेन्टिनासँगको खेलपछि इटालीका कप्तान चिलिनीले सन्यास लिने

काठमाडौंः गत वर्ष मात्र युरो कपको उपाधि उचालेको टोली हो- इटाली। तर यसवर्ष हुने विश्वकपमा भने छनोट हुन सकेन।
युरो जित्दा श्रेय पाएका थिए- डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले। विश्वकपमा छनोट नहुँदा पनि गाली उनैले खाए।
अब भने उनै चेलिनीले गाली र तालीबाट टाढा हुने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्।
वेम्बली स्टेडियममा इटाली र अर्जेन्टिनाबीच आगामी जुन महिनामा मैत्रीपूर्ण खेल हुनेछ। त्यसलगत्तै सन्यास लिने उनले घोषणा गरेका हुन्।
सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका चेलिनीले इटालीका लागि ११६ खेल खेलेका छन्। उनी इटालीको चौथो सर्वाधिक राष्ट्रिय टोलीका लागि खेल्ने खेलाडी पनि हुन्।
वैशाख १३, २०७९ मंगलबार ०९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।