ओलाङचुङगोलामा वडाध्यक्षसहित सबै सदस्य निर्विरोध

ताप्लेजुङः जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा वडाध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।
गत साता नै ओलाङचुङगोलाका स्थानीयले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्ष चयन गरेका थिए। जिल्ला निर्वाचन कार्यालयका अनुसार वालुङ एमालेको तर्फबाट अध्यक्ष भएका हुन्। यस्तै नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध चयन भएका छन्।
हिमाली बस्ती ओलाङचुङगोलामा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन्। दुई सय ७७ मतदाता रहेको ओलाङचुङगोलामा सर्वसम्मत वडाध्यक्ष चयन वालुङ २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए।
वैशाख १३, २०७९ मंगलबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।