प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको कारण केही क्षेत्रमा वर्षाको सम्भावना रहेको हो।
यतिबेला पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख १३, २०७९ मंगलबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।