काठमाडौं महानगरको मेयरका लागि ५६ जनाको मनोनयन दर्ता, आठ महिला पनि अघि सरे

काठमाडौंः वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिकाको मेयर पदमा ५६ जनाले मनोनयन दर्ता गराएका छन्। तीमध्ये २१ जना दलको तर्फबाट र ३५ जना स्वतन्त्रबाट उम्मेदवार भएका हुन्।
मेयर उम्मेदवारमा आठ जना महिला पनि रहेका छन्।
यस्तै उपमेयर पदका लागि महानगरमा ३१ जनाको मनोनयन दर्ता भएको छ। तीमध्ये १२ जनाले दलका तर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्। उपमेयरका उम्मेदवारमध्ये १२ जना महिला छन्।
काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। जसमा मेयरका लागि १२५ र उपमेयरका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयन दर्ता गराएका छन्।
वैशाख १३, २०७९ मंगलबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।