भरतपुर महानगरको मेयरमा ३० जनाको मनोनयन दर्ता, उपमेयरमा १३ को

भरतपुर महानगरको मेयरमा ३० जनाको मनोनयन दर्ता, उपमेयरमा १३ को

चितवनः आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि ३० जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ उम्मेदवारी राजनीतिक दल र १४ उम्मेदवारी स्वतन्त्रबाट दर्ता भएका छन्।

यस्तै उपमेयरमा १३ जनाको उम्मेदवारी परेको छ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार मेयरमा एमालेका विजय सुवेदी, माओवादी केन्द्रकी रेनु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका गणेश गिरी, विवेकशील साझा पार्टीका प्रवीण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का सूर्यप्रसाद रेग्मी, मङ्गोल नेशनल अर्गनाइजेशनका टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीका पूर्णबहादुर गुरुङ, जनमत पार्टीका सञ्जयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीका दीपेन्द्र बाँस्तोला, सामाजिक एकता पार्टीका खेम प्रसाईँले मनोनयन दर्ता गराएका छन्।

यता स्वतन्त्रतर्फ जगन्नाथ पौडेल, रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल, रुद्रप्रसाद सापकोटा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, उद्धव अर्याल, कुलराज कँडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र दुर्गाप्रसाद शर्माले मनोनयन दर्ता गराएका छन्।

भरतपुरको उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी, राप्रपार्टीबाट हिमाल गुरुङ, विवेकशील साझाबाट पुष्पा सापकोटा, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुष्मा तामाङ, राप्रपा नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री रहेका छन्।

यस्तै स्वतन्त्रबाट उपमेयरमा रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडाल रहेका छन्।

वैशाख १३, २०७९ मंगलबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।