पोखरामा गठबन्धनका मेयर-उपमेयर उम्मेदवारले गरे मनोनयन दर्ता, २० हजार मतान्तरले चुनाव जित्ने आचार्यको दावी

पोखराः सत्ता गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाका मेयर उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार कोपिला रानाभाटले मनोनयन दर्ता गराएका छन्। दुवै जनाले नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
मेयर उम्मेदवार आचार्य एकीकृत समाजवादी कास्कीका जिल्ला अध्यक्ष र पार्टीको केन्द्रीय सदस्य हुन्। उनी पोखराको पृथ्वीनारायण क्याम्सपको स्ववियू सभापति समेत बनेका थिए। त्यसैगरी आचार्य विभिन्न व्यवसायिक प्रतिष्ठान र सामाजिक संघसस्थाहरूमा आबद्ध छन्।
आचार्यले पाँच दलीय गठबन्धन नै आफ्नो जितको आधार भएको बताएका छन्। उनले कांग्रेस नेता यज्ञवहादुर थापा र माओवादीका गण्डकी प्रदेश इन्चार्ज हितराम पाण्डेलाई दायाँबायाँ राखेर १५ देखि २० हजार मतान्तरले चुनाव जित्ने दावी गरे।
त्यसैगरी पोखरामा उपमेयरको उमेदवार बनेकी कोपिला रानाभाट कास्की कांग्रेसकी कोषाध्यक्ष हुन्। उनी लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिमा सक्रिय रहदै आएकी छिन्।
वैशाख १२, २०७९ सोमबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।