बुटवलमा एमालेका मेयर-उपमेयर उम्मेदवारहरूले गराए मनोनयन दर्ता

बुटवलः नेकपा एमालेको तर्फबाट बुटवल उपमहानगरको मेयर र उपमेयर उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। मेयर उम्मेदवार बाबुराम भट्टराई र उपमेयर उम्मेदवार सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेका हुन्।
पार्टीका नेता तथा कार्यकर्ताहरूको र्यालीसहित उनीहरू उम्मेदवारी दर्ता गर्न पुग्दा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्यूरो सदस्य लीला गिरी, वर्तमान नगरप्रमुख शिवराज सुवेदी, गोपाल राना र उपप्रमुख गोमादेवी आचार्य समेत सँगै थिए।
तिलोत्तमा नगरपालिकामा उम्मेदवारहरूलाई शुभकामना र हौसला दिँदै नेता पौडेल बुटवलका उम्मेदवारहरूको मनोनयन दर्ताका लागि पुगेका थिए। उम्मेदवारी दर्तापछि पत्रकारसँग कुराकानी गर्दै भट्टराईले आफ्नो उम्मेदवारी समग्र बुटवलको समृद्धि र विकासका लागि भएको बताए।
सुकुम्बासी समस्या समधान, खानेपानी, स्वास्थ्य र शैक्षिक क्षेत्रको गुणात्मक विकासका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका थिए।
वैशाख १२, २०७९ सोमबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।