पर्वतको कुश्मामा एमालेबाट मेयरमा पौडेल र उपमेयरमा रिजालको मनोनयन दर्ता

पोखराः पर्वतको कुश्मा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरमा गणेश शर्मा पौडेल र उपमेयरमा स्वस्थानी रिजालले मनोनयन दर्ता गराएका छन्। नेता/कार्यकर्तासहित निर्वाचन कार्यलय पुगेर उनीहरूले मनोनयन दर्ता गराएका हुन्।
पौडेल एमालेको केन्द्रीय अनुशासन आयोगका पूर्वसदस्य हुन्। उनी पर्वतका पुराना नेता हुन्। पर्वतबाट दुई पटकसम्म सांसदमा उम्मेदवार बनेर पराजित भएका थिए उनी।
रिजाल एमाले कुश्मा नगर कमिटीकी उपसचिव हुन्। उनी लामो समयदेखि पार्टीमा आबद्ध भएर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी छिन्।
यस्तै एमालेले पर्वतको मोदी गाउँपालिकाका १४ वटै वडाहरूमा वडा अध्यक्ष र सदस्यमा समेत मनोनयन दर्ता गराएको छ। वडा नं १ मा रामप्रसाद रिजाल, २ मा मीनबहादुर रेग्मी, ३ मा तेजप्रसाद पाध्या, ४ मा ख्याम जिसी, ५ मा ज्ञानेन्द्र जोशी, ६ मा इश्वर गिरी, ७ मा सुवासचन्द्र पौडेल, ८ मा कुलप्रसाद पोखरेल, ९ मा बासुदेव लामिछाने, १० मा रामचन्द्र पौडेल, ११ मा बाबुराम सुवेदी, १२ मा किशोर सापकोटा, १३ मा तेजप्रसाद शर्मा र १४ मा लोकबहादुर गुरुङले उमेदवारी दर्ता गराएका छन्।
यसअघिको निर्वाचनमा कुश्मा नगरपालिकाको मेयरमा कांग्रेसका रामचन्द्र जोशी र उपमेयरमा सीता लामिछाने विजयी भएका थिए। तर, नगरका ९ वटा वडाहरूमा एमालेले विजयी हासिल गरेको थियो।
वैशाख १२, २०७९ सोमबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।