पोखराको मेयर–उपमेयरमा एमालेबाट थापा र गुरुङले गरे मनोनयन दर्ता

पोखराको मेयर–उपमेयरमा एमालेबाट थापा र गुरुङले गरे मनोनयन दर्ता

पोखराः नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गराएका छन्। दुवै जना नेता/कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन्।

थापा गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगरको मेयरमा उम्मेदवार बनेका हुन्। उनी यसअघि ०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

थापाले पोखराको मेयर हुँदा बनाएका योजनालाई मुर्तरूप दिएर महानगरलाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्। 

यसअघि एमालेले पोखराको मेयरमा दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, पौडेलको बारेमा सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका कारण उनलाई दिएको टिकट खोसेर थापालाई उम्मेदवार बनाइएको हो।

त्यसैगरी महानगरको उपमेयरमा एमालेका तर्फबाट मञ्जुदेवी गुरुङले मनोनयन दर्ता गराएकी छिन्। उनी यसअघि ०७४ मा भएको निर्वाचनमा पोखरा महानगरको उपमेयरमा निर्वाचित भएकी थिइन्। उनले महानगरको उपमेयरको एक कार्यकाल सकाएर पुनः दोहोरिन चाहेकी हुन्। 

वैशाख १२, २०७९ सोमबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।