तिलोत्तमाको मेयरमा गठबन्धनबाट गृहमन्त्रीका भाइ: बाजागाजासहित गरे मनोनयन दर्ता

तिलोत्तमाको मेयरमा गठबन्धनबाट गृहमन्त्रीका भाइ: बाजागाजासहित गरे मनोनयन दर्ता

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण खाँणले मेयरमा मनोनयन दर्ता गरेका छन्। बाजागाजासहित शक्ति प्रदर्शन गर्दै उनले मनोनयन दर्ता गरेका हुन्।

उनले आफ्नो उम्मेदवारी तिलोत्तमाको विकास र समृद्धिका लागि भएको बताए। उनले ०७४ मा निर्वाचित जनप्रतिनिधिले सपना मात्र बाँडेकाले समग्र तिलोत्तमाको विकास नै आफ्नो मूल अजेण्डा भएको बताए।

यस नगरमा गठबन्धनबाट माओवादीले उपप्रमुख पाएको छ।

गठबन्धन भनिए पनि उम्मेदवारी दर्ता गर्दा कांग्रेस एक्लैको शक्ति प्रदर्शन रहेको थियो।

नगरप्रमुखमा उम्मेदवारी दिएका खाँण कांग्रेस जिल्ला सभापति समेत हुन्। उनी गृहमन्त्री बालकृष्ण खाँणका सहदोर भाइ हुन्।

उनी अघिल्लो निर्वाचनमा पनि मेयरका उम्मेदवार थिए। उनी एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए।

वैशाख १२, २०७९ सोमबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।