पोखराको निर्वाचनमा तरङ्ग: कांग्रेसबाट दुई जना बागी, पूर्वकोषाध्यक्ष सापकोटाले पनि गरे उम्मेदवारी दर्ता

पोखराको निर्वाचनमा तरङ्ग: कांग्रेसबाट दुई जना बागी, पूर्वकोषाध्यक्ष सापकोटाले पनि गरे उम्मेदवारी दर्ता

पोखराः पोखराको मेयरमा कांग्रेसका पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले बागी उम्मेदवारी दर्ता गरेका छन्। पार्टीले गठबन्धनका नाममा अन्य दललाई भोट हाल्न बाध्य पारेको भन्दै उनले महाननगरको मेयर पदमा बागी उमेदवारी दर्ता गराएका हुन्।

सापकोटा २०५४ सालदेखि ०६४ सालसम्म नेपाली कांग्रेस कास्कीको कोषाध्यक्ष थिए। केन्द्रीय नेतृत्त्वले गठबन्धनका नाममा कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट हाल्न बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको सापकोटाले बताए।

सापकोटा पोखरामा पुराना व्यवसायी र सामाजिक अभियन्ता समेत हुन्।

सत्ता गठबन्धनका दलहरूले मिलेर चुनाव लड्ने निर्णय गरेसँगै स्थानीय स्तरमा नेता/कार्यकर्ता भने रुष्ट भएका छन्। आइतबार कांग्रेसका तर्फबाट अर्का नेता विमलबहादुर कार्कीले पनि पोखरा महानगरको मेयरमा बागी उम्मेदवारी दर्ता गराएका छन्।

वैशाख १२, २०७९ सोमबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।