तिलोत्तमामा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका उम्मेदवारहरू मेयरमा मोहन चापागाईँ र उपमेयरमा जागेश्वरी चौधरीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। उनीहरूले शक्ति प्रदर्शनसहित बाजागाझा गर्दै उम्मेदवारी दर्ता गरेका हुन्।
मनोनयन दर्तापछि बोल्दै चापागाईँले समृद्ध तिलोत्तमाको नयाँ अध्याय सुरु गर्ने, उज्यालो अभियान बनाउने, शिक्षा, स्वास्थ्यमा अझ गुणस्तर कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
चापागाईँले दुर्गादत्त उच्च माविमा अनेरास्ववियूको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए। चापागाईँ नेपाल पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष तथा केन्द्रीय सदस्य भइसकेका छन्। त्यस्तै एमाले रूपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष पनि भइसकेका छन्।
उपमेयरमा उम्मेदवारी दिएकी चौधरी अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन्। उनले १९ हजार २२४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गीता सारु मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन्।
वैशाख १२, २०७९ सोमबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।