तिलोत्तमा र बुटवलको प्रमुख-उपप्रमुखमा राप्रपाका उम्मेदवारले गरे मनोनयन दर्ता

बुटवलः तिलोत्तमा नगरपालिकाको प्रमुख र उपप्रमुख पदको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट भुवन खनाल र मञ्जु चौधरीले मनोनयन दर्ता गराएका छन्।
नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुखमा खनाल र उपप्रमुखमा चौधरीसहित १७ वटै वडाका अध्यक्ष तथा सदस्यले मनोनयन दर्ता गराएका हुन्।
यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुखको लागि राप्रपाबाट मृगेन्द्रकुमार शेरचन र उपप्रमुखमा भगवती पाण्डे सैंजुले मनोनयन दर्ता गराएका छन्। उनीहरूसहित वडाध्यक्ष र वडा सदस्य गरी ९० जनाले मनोनयन दर्ता गरेका हुन्।
बुटवल निवासी शेरचन सञ्चार उद्यमी हुन्। त्यस्तै उपप्रमुखमा मनोनयन गराएकी पाण्डेले बुटवल- ११ मा केक कोशेली सञ्चालन गर्दै आएकी छन्।
वैशाख १२, २०७९ सोमबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।