बुटवलको मेयरका लागि गठबन्धनबाट पाण्डेले गरे शक्ति प्रदर्शनसहित मनोनयन दर्ता

बुटवलको मेयरका लागि गठबन्धनबाट पाण्डेले गरे शक्ति प्रदर्शनसहित मनोनयन दर्ता

बुटवलः पाँच दलीय गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिको मेयर पदका लागि कांग्रेसका खेलराज पाण्डेले मनोनयन दर्ता गरेका छन्। दिउँसो १ बजे शक्ति प्रदर्शन गर्दै लावालस्करसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दिएका हुन्।

बुटवलमा गठबनधनका तर्फबाट उपमेयरमा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उम्मेदवार हुँदैछन्।

पाण्डे गत निर्वाचन मा पनि मेयर पदका उम्मेदवार थिए। मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै पाण्डेले बुटवलमा आफूले जिते सुकुम्बासी समस्या समाधान गर्ने बताए।

वैशाख १२, २०७९ सोमबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।